काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आइतबारका लागि एक लाख ४२ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।