निजी उद्योगले १९ हजार मेट्रिक टन चिनी आयात गर्न पाउने

<p>काठमाडौं । निजी क्षेत्रले १९ हजार मेट्रिक टन चिनी आयात गर्न पाउने भएका छन् । उद्योग विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने भएको हो । उद्योगहरूलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न दिने [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रले १९ हजार मेट्रिक टन चिनी आयात गर्न पाउने भएका छन् ।

उद्योग विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने भएको हो ।

उद्योगहरूलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको विभागले उल्लेख गरेको छ । इच्छुक उद्योगहरूले ७ दिनभित्र विभागमा आवेदन दिन सक्नेछन् ।

Share News