घट्यो सुनचाँदीको मूल्य

<p>काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख [&hellip;]</p>

काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Share News