चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

<p>काठमाडौं । स्थानीय बजारमा चाँदीको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर एक हजार आठ सय १५ रुपैयाँमा कायम भएको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबारका लागि [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा चाँदीको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर एक हजार आठ सय १५ रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँ कायम छ ।

Share News