काठमाडौं । दुबईको क्वालिटी आइसक्रिम नेपाली बजारमा सार्वजनिक भएको छ । ज्योति (एसआईआईपीएल) ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रूपमा नेपाल भित्र्याएको हाे।
बुधबार काठमाडाैंमा आयाेजित एक कार्यत्रफमका बीच ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले क्वालिटी आइसक्रिम औपचारिक रूपमा नेपालमा बिक्री गरिने जानकारी दिए ।
क्वालिटी आइसक्रिम भारतकाे ग्रेभिस समूहअन्तर्गत प्याेर आइसक्रिमद्वारा उत्पादित एक ब्राण्ड हाे ।
सन् १९७७ मा संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डको रूपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले विश्वभरिका आइसक्रिम पारखीहरूकाे मन जितेकाे कम्पनीले बताएकाे छ ।
कम्पनीका अनुसार गत वर्षको अक्टोबरदेखि देशभरिका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध आइसक्रिमले हालै आफ्नाे किओस्क र कार्टहरू सञ्चालन गरी नेपालमा लोकप्रियता कमाइरहेकाे छ ।

यस्तै अध्यक्ष सौरभ ज्योतीले नेपालमा आइसक्रिमलाई देशव्यापी रूपमा दुई सय स्थानहरूमा विस्तार गर्ने योजना रहेकाे बताए । उनले नेपालभरिका इच्छुक व्यवसायहरूबाट पार्लर कार्ट आउटलेटमा लगानी र सहकार्यलाई स्वागत गरिने पनि जानकारी दिए ।
विस्तार योजनाअन्तर्गत प्रमुख नेपाली सहरहरूमा विभिन्न आउटलेट डिपार्टमेन्टल स्टोर्स शपिंग सेन्टर र रेस्टुरेन्टमा आकर्षक किओस्क र कार्टहरू राखेर क्वालिटी आइसक्रिमलाई देशभरिका आइसक्रिम पारखीका पहुँचमा पुर्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ।
क्वालिटीले पिस्ता फ्रुट सलाद म्यांगो, मलाई पिस्ता कुल्फी र कुकीज एण्ड क्रिम जस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरसहित स्टिक कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू बिक्री गर्दै आएको छ।
