जनता बैंकले १२ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने, यस्तो आयो पूँजी वृद्धिको नयाँ योजना

<p>काठमाडौं, ९ माघ । जनता बैंक नेपालले १२ प्रतिशत बोनस सेयर वितरण गरेपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साथै जनता बैंकमा मर्ज हुन लागेको त्रिवेणी विकास बैंकका सेयरधनीले पनि ६० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । जनता बैंक र यस बैंकमा मर्ज हुँदै गरेको त्रिवेणी विकास बैंकले मर्जपछि ६० प्रतिशत [&hellip;]</p>

janata-bankकाठमाडौं, ९ माघ । जनता बैंक नेपालले १२ प्रतिशत बोनस सेयर वितरण गरेपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साथै जनता बैंकमा मर्ज हुन लागेको त्रिवेणी विकास बैंकका सेयरधनीले पनि ६० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् ।

जनता बैंक र यस बैंकमा मर्ज हुँदै गरेको त्रिवेणी विकास बैंकले मर्जपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णयसँगै चुक्ता पुँजी ८ अर्ब पुर्याउने क्यापिटल प्लान स्पष्ट रुपमा आएको छ । ‘बोनस र हकप्रद सेयर निष्काशनपछि चुक्ता पूँजी ७ अर्ब ५१ करोड रुपैयाँ हुनेछ’ जनता बैंकका अध्यक्ष उदय नेपालीले भने–‘चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा ४९ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न सकिन्छ र चुक्ता पूँजी ८ अर्ब पुर्याउने योजना बैंकको छ ।’

जनता बैंकले यसअघि निष्काशन गरेको हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ हुनेछ । गत असार मसान्तको २ अर्ब ६ करोडको १२ प्रतिशत बोनस सेयर निष्काशन २४ करोड ७२ लाख रुपैयाँ पुँजी वृद्धि हुन्छ र चुक्ता पुँजी ३ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ हुनेछ ।

Udaya_nepali‘जनता बैंकमा त्रिवेणी विकास बैंक मर्ज हुने विषयमा राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आईसक्यो, मर्जको स्वाप रेसियो, मर्जपछिको नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन समितिको संरचनामा पनि सहमति भईसक्यो, मर्जका प्रक्रिया स्मूथली चलेको छ । राष्ट्र बैंकले तोकेकै समय सीमाभित्र रहेर तोकिएको पुँजी वृद्धि हामी गर्न सफल हुनेछौं ।’

त्रिवेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब करोड ३६ करोड रुपैयाँ छ । यो पूँजी बैंकले यसै वर्ष निष्काशन गरेको हकप्रद सेयर र बोनस सेयर वितरण पछिको हो ।

त्रिवेणी विकास बैंक जनता बैंकमा मर्ज भएपछि चुक्ता पुँजी यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ हुनेछ । ६० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५१ करोड रुपैयाँ हुनेछ । ८ अर्बको लागि अपुग ४९ करोड रुपैयाँ चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरि चुक्ता पुँजी ८ अर्ब बनाउने प्रतिवद्धता पछि राष्ट्र बैंकले जनता बैंकको बोनस सेयर प्रस्ताव स्वीकृत गरेको स्रोतले बतायो ।

यसरी पूँजी वृद्धि गर्ने विषयमा दुबै बैंकका सञ्चालक समिति,  संयुक्त मर्जर कमिटिबाट निर्णय भईसकेको र अनुमोदनको लागि फागुन १ गते साधारणसभा बोलाईएको अध्यक्ष नेपालीले बताए । ‘जनता बैंकमा त्रिवेणी विकास बैंक मर्ज हुने विषयमा राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आईसक्यो, मर्जको स्वाप रेसियो, मर्जपछिको नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन समितिको संरचनामा पनि सहमति भईसक्यो, मर्जका प्रक्रिया स्मूथली चलेको छ’ उनले भने ‘राष्ट्र बैंकले तोकेकै समय सीमाभित्र रहेर तोकिएको पुँजी वृद्धि हामी गर्न सफल हुनेछौं ।’ मर्जकाे स्वाप रेसियाे १ बराबर १ मा सहमति भएकाे छ ।

Share News