तोलामा १ हजारले बढ्यो सुन

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ४१ हजार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News