रिलायबल डेभलपमेन्ट बैंकको २९ प्रतिशत बोनस सेयर स्वीकृत, ८ महिनामा दोस्रो पटक बोनस पाउँदै

<p>काठमाडौं, ११ माघ । रिलायबल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । गत मंसिर २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । बैंकको प्रस्तावलाई आगामी ११औं वार्षिक साधारणसभाले स्वीकृति गरेपछि सेयरधनीले उक्त बोनस सेयर पाउने [&hellip;]</p>

काठमाडौं, ११ माघ । रिलायबल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । गत मंसिर २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।

असारमा सम्पन्न साधारणासभा

असारमा सम्पन्न साधारणासभा

बैंकको प्रस्तावलाई आगामी ११औं वार्षिक साधारणसभाले स्वीकृति गरेपछि सेयरधनीले उक्त बोनस सेयर पाउने छन् । यस बैंकको सेयरधनीले ८ महिनाको अन्तरमा दोस्रो पटक बोनस सेयर पाउँदैछन् । बैंकले गत असारमा अघिल्लो आर्थिक वर्ष २०७१/७२को नाफबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको थियो ।

Share News