सरकार र क्रसर व्यवसायीबीच तीन बुँदे सहमति

<p>काठमाडौं । नेपाल सरकार र क्रसर तथा खानी उद्योग व्यवसायीबीच तीन बुँदे सहमति भएको छ । बिहीबर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छलफलमा आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच सहमति भएको हो । सरकारले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० चाँडो पारित गरी निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता प्रदान गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल सरकार र क्रसर तथा खानी उद्योग व्यवसायीबीच तीन बुँदे सहमति भएको छ ।

बिहीबर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छलफलमा आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच सहमति भएको हो ।

सरकारले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० चाँडो पारित गरी निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता प्रदान गर्ने सहमति भएको छ ।

सहमतिसँगै क्रसर तथा खानी उद्योगको नवीकरणको विषय लिई गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।

Share News