काठमाडौं, १६ माघ । सिटिजन्स बैंक लिमिटेडले पायो साउथ एशियन फेडरेशन अफ अकाउण्ट्स(साफा)को ‘साफा बेस्ट प्रिजेन्डेट अनुअल रिपोर्ट अवार्ड २०१५’ पाएको छ । साफाद्धारा बङ्लादेशको ढाकामा सम्पन्न साफाको उक्त समारोहमा बैंकले सार्क एनिभरसरि अवार्ड फर कर्पोरेट गोभरेन्स र प्राइभेट सेक्टर बैंक क्षेत्रमा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।

साफाले उक्त सम्मान साफाज कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपेरेन्सी, अकाउन्टाविलिटी र गभरनेन्स अफ द पव्लिस अनुअल रिपोर्टद्धारा द्वारा गरिएको मूल्यांकनको आधारमा वार्षिक रुपमा वितरण गर्दै आएको सम्मान हो । साफा दक्षिण एसियाली राष्ट्रहरुको चार्टड एकाउण्टेन्ट्स संस्थाहरुको संगठन हो ।
यसै वर्ष बैंकको उक्त वित्तीय विवरणले इन्ष्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस अफ नेपालद्वारा प्रदान गरिने वेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड समेत प्राप्त गरेको थियो ।
बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्घता व्यक्त गरेको छ ।