प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन

<p>काठमाडौं, १६ माघ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन भएका छन् । माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । श्रेष्ठ विगत ९ वर्षदेखि बैंकमा सञ्चालकको रुपमा रहदैँ आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा दिए पश्चात उदयमोहन [&hellip;]</p>

udayemohan_shrestha_prime_cकाठमाडौं, १६ माघ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन भएका छन् । माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

श्रेष्ठ विगत ९ वर्षदेखि बैंकमा सञ्चालकको रुपमा रहदैँ आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा दिए पश्चात उदयमोहन श्रेष्ठ चयन भएका हुन् । साथै, उक्त बैठकले बैंकको सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियुक्ति गरेको छ ।

Share News