काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पर्वत जिल्लाको कुश्मा बजारमा आफ्नो ४२ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा कार्यक्रमका अध्यक्ष पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिओम शर्मा लामिछानेको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रााष्ट्र बैँकका डेप्ुाटि गर्भनर शिवराज श्रेष्ठले माघ १७ गते गरिएको थियो ।
सोहि अवसरका बैंकको एटीएमको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी गरेका छन् ।
पुस मसान्तसम्ममा बैंकले कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधिमा बैंकको खुद नाफा ५४.०६ करोड भएको बैंकले जनाएको छ ।