सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाख

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली सुनचाँदी व्यावसायीका अनुसार बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३७ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाली सुनचाँदी व्यावसायीका अनुसार बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News