लगातार बढेको सुनको मूल्य आज घट्यो

<p>काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजावी सुन पनि प्रतितोला दुई [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजावी सुन पनि प्रतितोला दुई सय रुपैयाँलेनै घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News