एनएमबि माइक्रोफाइनान्सको तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी शुरु

<p>काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी २०७३ तथा धितो कर्जा सम्वन्धी तालिमको आयोजना गरेको छ । कम्पनीले  आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा व्यवस्थापन गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको हो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधबार एक कार्यक्रमकाबिच पोखरामा उक्त [&hellip;]</p>

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी २०७३ तथा धितो कर्जा सम्वन्धी तालिमको आयोजना गरेको छ । कम्पनीले  आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा व्यवस्थापन गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।

nmb_microfinance_programवित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधबार एक कार्यक्रमकाबिच पोखरामा उक्त गोष्ठीको उद्घाटन गरेका छन् ।उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कोनाजोले शाखाहरुले हालसम्म गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्ने, कार्यक्रम संचालनका क्रममा आइपरेका समस्याहरु र समस्या समाधानका लागि कर्मचारीले गरेका प्रयासहरुका वारेमा विचार विमर्श गरिने बताएका छन् ।

त्यसैगरी बैंकिङ्ग पहुँच नपुगेका ग्रामीण भेगका वासिन्दाहरुमा बैंकिङ्ग सेवा पुर्याउन सो भेगका उद्यमीहरुलाई काम गर्नका लागि सहज बनाउन धितो कर्जाको माध्यमबाट सेवा प्रदान गर्ने उद्धेश्यले धितो कर्जा प्रदान गर्दै आएको बताएका छन् । साथै, त्यसलाई अझ प्रभावकारी बनाउन धितो कर्जा सम्वन्धी तालिम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

३ दिन सम्म संचालन हुने सो कार्यक्रममा कम्पनीले चालु वर्षको छ महिनामा हासिल गरेका उपलब्धीहरु र आगामी दिनमा लक्ष्य पुरा गर्न आवश्यक रणनीति तर्जुमा गर्ने सम्बन्धि छलफल हुने छ । त्यसै गरी धितो कर्जा लगानीका लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रियाहरुको बारेमा जानकारी गराइने बताइएको छ ।

Share News