काठमाडौं । यती डेभलपमेण्ट बैंकले निक्षेपकर्ताहरुको लागि आकर्षक ब्याज सहितको यती आस्वा बचत योजना संचालनमा ल्याएको छ । धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरेको यस बैंकले यही माघ १४ गतेदेखि लागू हुने गरि सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार न्यूनतम १०० रुपैयाँबाट खाता खोल्न सकिने यस निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरुले बचत खातामा नै वार्षिक ६ प्रतिशतको आकर्षक ब्याज प्राप्त गर्न सक्ने छन् ।
यती डेभलपमेण्ट बैंकले बिभिन्न कम्पनीहरुको शेयर फारम भर्न ग्राहकहरुलाई न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकमको उच्चतम् प्रतिफल दिने उद्देश्यले उक्त खाता संचालनमा ल्याएको बताएको छ ।