सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड, तोलाकाे १ लाख ५० हजार ८ सय रुपैयाँ

<p>काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।  मंगलबार प्रतितोला छापावाला सुनको मूल्य २१ सयले बढेर १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो । यस दिन तेजावी सुनको भाउ पनि २१ [&hellip;]</p>

काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।  मंगलबार प्रतितोला छापावाला सुनको मूल्य २१ सयले बढेर १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

यस दिन तेजावी सुनको भाउ पनि २१ सयले नै बढेर प्रतितोला एक लाख ५० हजार १ सय रपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम थियो ।

Share News