सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको केन्द्रीय कार्यालय आफ्नै स्वामित्वको भवनमा सरेको छ । काठमाडौंको कमलादीमा रहेको बैंकको केन्द्रीय अब काठमाडौकै नारायणहिटी पथमा सरेको बैंकका प्रबक्ता तथा नायम प्रमुख कार्यकाी अधिकृत गणेशराज पोखरेलले जानकारी दिएका छन् ।

‘नारायणहिटी पथस्थित केन्द्रीय कार्यालयको निर्माण कार्य सम्पन्न भईसकेको हुँदा माघ २१ गतेबाट सो नवनिर्मित भवनबाट बैंकको केन्द्रीय कार्यालयको सम्पूर्ण काम कारवाहीहरु सञ्चालन गरिएको छ’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘यसबाट बैंकका ग्राहकवर्गलाई गुणस्तरीय एवम् प्रभावकारी सेवा प्रदान गर्न अझ सजिलो हुने विश्वास बैंकले लिएको छ ।’