भिबोर सोसाइटी बैंकको गरुडा शाखा कार्यालय रुपान्तरण

<p>काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरेको छ । माघ २४ गतेबाट डेभलपमेन्ट बैंकको ४५औ शाखा कार्यालयको रुपमा रुपान्तरण गरी बैकिङ्ग कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भएपश्चात त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवा अझै स्तरीय एवं सहज [&hellip;]</p>

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरेको छ । माघ २४ गतेबाट डेभलपमेन्ट बैंकको ४५औ शाखा कार्यालयको रुपमा रुपान्तरण गरी बैकिङ्ग कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
garuda_branch
उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भएपश्चात त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवा अझै स्तरीय एवं सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यसअघि सो ठाउँबाठ सीमित बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।

Share News