नेपालमा सम्भावना नभएको भए म जस्तो सामान्य मान्छे नेतृत्वसम्म आइपुग्ने थिइनँ : अध्यक्ष ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्द उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन् । उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्द उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन् ।

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए । उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताए ।

अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको उनकाे भनाइ छ ।

आम नागरिकहरूलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको उनले बताए ।

‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन, हरेक हिसाबले नेगेटिभ मात्रै सोचाइ छ,’ उनले भने,  ‘तर वास्तविकता त्यो होइन, नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो ।’

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे ।

Share News