सनरुफ भएको टाटा पन्च इभीको बुकिङ ४६८ युनिट

<p>काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने अन्तिमसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । यस वर्षको नाडामा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको [&hellip;]</p>

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ उत्साहजनक रहेको बताएको छ ।

नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने अन्तिमसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । यस वर्षको नाडामा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।

टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ । हाल सार्वजनिक मूल्य नाडासम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ ।

साथै, नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा पनि गरेको छ ।

Share News