सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५ प्रतिशत छुट

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बाैद्धस्थित मिराज बेकरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको छुट पाउने छन् । यस सहकार्यबाट बैंकका ग्राहकहरू नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बाैद्धस्थित मिराज बेकरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको छुट पाउने छन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News