दशैंतिहारमा सिभिल मलले ल्यायो उपहार योजना, स्कुटर र हिराको औंठी जित्ने मौका

<p>काठमाडौं । सिभिल मलले दशैंतिहारको अवसरमा महोत्सव २०८१ को घोषणा गरेको छ । जसमा विभिन्न उपहार र आकर्षक योजनाहरू समावेश गरिएको सिभिल मलले बताएको छ । महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । ग्राहकहरूले १ हजार रुपैयाँभन्दा बढीको कुनै पनि सामान खरिद गर्दा कुपन पाउने छन्, कुपनमार्फत उनीहरूले विभिन्न उपहार जित्न सक्नेछन् । &#8216;यो महोत्सव ग्राहकहरूलाई [&hellip;]</p>

काठमाडौं । सिभिल मलले दशैंतिहारको अवसरमा महोत्सव २०८१ को घोषणा गरेको छ । जसमा विभिन्न उपहार र आकर्षक योजनाहरू समावेश गरिएको सिभिल मलले बताएको छ ।

महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । ग्राहकहरूले १ हजार रुपैयाँभन्दा बढीको कुनै पनि सामान खरिद गर्दा कुपन पाउने छन्, कुपनमार्फत उनीहरूले विभिन्न उपहार जित्न सक्नेछन् ।

‘यो महोत्सव ग्राहकहरूलाई विशेष अनुभूति दिन आयोजना गरिएको हो । यसमा शपिङसँगै मनोरञ्जन र उपहार जित्न सकिने अवसरहरू पनि समावेश गरिएको छ । महोत्सवमा मुख्य आकर्षणको रूपमा बम्पर उपहारमा स्कुटर, हिराको औंठी, घरायसी उपकरणहरू, र राउन्ड ट्रिप छुट्टी प्याकेज रहेका छन्,’  सिभिल महलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महोत्सवमा दैनिक उपहारहरूका साथै विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

Share News