बैंक कर्मचारीले नै चोरे २३ लाख, एटीएमबाट चोरिएको पैसा परालमुनी भेटियो

<p>धनगढी ।  एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्। शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो। प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि [&hellip;]</p>

धनगढी ।  एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ।

धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्।

शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो।

प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो। कान्तिपुर दैनिकबाट ।

Share News