२७ बैंकको नाफा २१ अर्ब, बाणिज्य बैंकहरुले ४६ प्रतिशतले नाफा बढाए

<p>काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ वटा वाणिज्य बैंकहरुले करिब २१ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब ४६ प्रतिशतले बढी हो । २०७२ पुसमा बैंकहरुको खुँद नाफा १४ अर्ब १८ करोड रुपैयाँ थियो । सोमबारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा बैंक छन् । विवरण [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ वटा वाणिज्य बैंकहरुले करिब २१ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब ४६ प्रतिशतले बढी हो ।

२०७२ पुसमा बैंकहरुको खुँद नाफा १४ अर्ब १८ करोड रुपैयाँ थियो । सोमबारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा बैंक छन् ।

विवरण सार्वजनिक नगरे पनि राष्ट्यि बाणिज्य बैंक र जनता बैंक स्रोतले जनाए अनुसार २७ बैंको मुनाफा निकालिएको हो ।

उक्त अवधिमा बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरेकोले मुनाफा बढेको हो ।

नाफा कमाउने बाणिज्य बैंकहरुमा सबैभन्दा बढी नेपाल बैंकको रहेको छ । यो बैंकले ६ महिनामा १ अर्ब ८९ करोड रुपैयाँ खुँद मुनाफा गरेको छ ।

यसपछि नबील र्बैंकले १ अर्ब ७४ करोड, इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५८ करोड, राष्ट्यि वाणिज्य बैंकले १ अर्ब २१ करोड कमाएको छ । कान्तिपुर दैनिकबाट ।

Share News