काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड रुपैयाँ नाफा गगरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा साढे १३ प्रतिशतले बढेको छ ।
यो बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा गरेकोमा यो वर्ष १४ करोड ५७ लाख रुपैयाँलो बढाउन सफल भएको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा १३८ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९३ अर्ब ९० करोड रुपैयाँ कर्जा सापटी दिएको छ।
बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ४२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात २ दशमलव ७५ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६७ दशमलव ९० प्रतिशत रहेको छ ।