काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको सिद्धार्थनगरस्थित बुद्धचोकको शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको भलवारीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको उद्घाटन बुधबार भएको छ ।
यस बैंकमा एकता विकास बैंक मर्जर पश्चात साविक एकता विकास बैंकको शाखा कार्यालय भएको बुद्धचोक शाखा भलवारीमा स्थानान्तरण गरिएको बैंकले जनाएको बैंक प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।