काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।