तोलमा १ हजारले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९४० [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Share News