दशैं सकिएपछि तोलामा १४ सयले बढ्यो सुन

<p>काठमाडौं । नेपाली बजारमा दशैं सकिएपछि सुनको मूल्य तोलमा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दशैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा दशैं सकिएपछि सुनको मूल्य तोलमा १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायीका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दशैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

Share News