सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको १ लाख ६५ हजार

<p>काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने दुई हजार ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

Share News