सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको हो । मंगलबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।

मंगलबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर तोलाको २ हजार १०० रुपैयाँ पुगेको छ ।

Share News