१ करोड २७ लाख डलर अपचलन गरेपछि विश्व मुद्रा काेषका पूर्व प्रमुखलाई चार वर्ष जेल सजाँय

<p>म्याड्रिड (स्पेन), १२ फागुन । विश्व मुद्रा कोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ । भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको [&hellip;]</p>

म्याड्रिड (स्पेन), १२ फागुन । विश्व मुद्रा कोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ ।

भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको हो । रातोले काजा म्याड्रिड र बैंकियामा रहेका र ती संस्था अप्ठ्यारोमा परेका बेला पदीय मर्यादा विपरित वित्तीय अपराध गरेको स्पेनी अदालतको ठहर छ ।

केही सयम स्पेनको अर्थमन्त्री समेत बनेका रातोसहित ६४ जना पूर्व कार्यकारी प्रमुख तथा बैंक सञ्चालक समिति सदस्यमाथि सन् २००३ देखि सन् २०१२ को बीचमा एक करोड २७ लाख अमेरिकी डलर बराबरको रकम दुरुपयोग गरेको ठहर अदालतले गरेको छ ।

पूर्व विश्व मुद्राकोष प्रमुख रातोले भने आफूमाथि लाग्दै आएको आरोपको निरन्तर खण्डन गर्दै आएका छन् ।

Share News