भारुको समस्या समाधान गर्ने टोली आउँदै, भारु साटिने अपेक्षा

<p>काठमाडौं । प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज)नेपाल आउने भएको छ। रिजर्भ बैंक अफ इन्डियाको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर प्रतिबन्धित भारूको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने [&hellip;]</p>

काठमाडौं । प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज)नेपाल आउने भएको छ।

रिजर्भ बैंक अफ इन्डियाको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर प्रतिबन्धित भारूको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको छ।

यस अघि नेपालको तर्फबाट नेपाल राष्ट् र्बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा अर्थ मन्त्रालयका र परराष्ट् मन्त्रालयका सहसचिव, नेपाल राष्ट् बै‌क विदेशी विनियमय विभाका प्रमुख र दुईजना विज्ञसहितको टोली भारत गएको थियो । भारु साट्ने विषयमा सकारात्मक प्रतिकृया आएपनि निष्कर्षमा भने पुगिएको छैन । नागरिक दैनिकबाट ।

Share News