सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य पनि घटेको छ । आज [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Share News