मर्चेन्ट बैकिङ कारोबार गर्न एनआईसी एशिया बैंकले सहायक कम्पनी खोल्यो, २३ वटा भए मर्चेन्ट बैकिङ संस्था

<p>काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र एनआईसी एशिया बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले आईतबार संयुक्त रुपमा उक्त कम्पनीको उद्घाटन गरेका छन् । बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । धितोपत्रबोर्डबाट मचेन्ट बैंकिङ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र एनआईसी एशिया बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले आईतबार संयुक्त रुपमा उक्त कम्पनीको उद्घाटन गरेका छन् ।

बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । धितोपत्रबोर्डबाट मचेन्ट बैंकिङ कार्य गर्न अनुमति पाएको यस कम्पनीले धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड व्यवस्थापनको काम गर्ने कम्पनीका अध्यक्ष सुधिर पाण्डेले जानकारी दिएका छन् ।

कम्पनी एनआईसी एशिया क्यापिटल खुलेसँगै मर्चेन्ट बैकिङ कारोबार गर्ने संस्थाको संख्या २३ वटा पुगेको नेपाल धितोपत्र बोर्डको रेकर्डले देखाएको छ ।

सहायक कम्पनी खोलेको उपलक्ष्यमा बैंकले आईतबार काठमाडौंको अन्नपूर्ण होटलमा रात्रीभोज आयोजना गरेको थियो । रात्रीभोजमा  सरकारी तथा नियामक निकायका अधिकारीहरु, राजनीति दलका नेताहरू, बैंकका मुख्य सेयरधनी, ग्राहक,  कर्मचारीहरू सहभागी रहेको बैंकले जनाएको छ ।

Share News