लामो समय पछि कारोबार खुलेको एनसीसी बैंकको कति भयो सेयर कारोबार ?

<p>काठमाडौं । विगत केही वर्षदेखि बन्द रहेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सेयर कारोबार सोमबारबाट खुलेको छ । लामो समय पछि पहिलो दिन खुलेको कारोबार भएको बैंकको एकै दिन ९ करोड २३ लाख कित्ता सेयर करोबार भएको छ । एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर भएपछि एनसीसी बैंकको दोश्रो बजारमा यो पहिलो कारोबार [&hellip;]</p>

काठमाडौं । विगत केही वर्षदेखि बन्द रहेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सेयर कारोबार सोमबारबाट खुलेको छ । लामो समय पछि पहिलो दिन खुलेको कारोबार भएको बैंकको एकै दिन ९ करोड २३ लाख कित्ता सेयर करोबार भएको छ ।

एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर भएपछि एनसीसी बैंकको दोश्रो बजारमा यो पहिलो कारोबार हो । बैंकको पहिलो कारोबार ३१० रुपैयाँमा शुरु भएको थियो भने बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ ।

बाघबजारमा केन्द्रिय कार्यालय रहेको यस बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

Share News