केएनपी नेरोलेकको फेस्टिभ स्किम अन्तर्गत शिव नारायण मण्डलले जिते ५ लाखको सुन

<p>काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले फेस्टिभ स्किम अन्तर्गत ग्राहकहरुलाई केएनपिको रंगमा दंग बनाउने अवसर ल्याएको थियो । यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख रूपैयाँ बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो । बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्राण्डेड स्मार्ट [&hellip;]</p>

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले फेस्टिभ स्किम अन्तर्गत ग्राहकहरुलाई केएनपिको रंगमा दंग बनाउने अवसर ल्याएको थियो । यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख रूपैयाँ बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो ।

बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जितेका छन् ।

केएनपिको पर्वसँगै रंगमा दंग, ५ लाख बराबरको सुन सँग योजनामा केएनपिको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरूले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो ।

यस योजनाको विजेता लक्की ड्र मार्फत पुस २८ गते कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो । साथै थप १०० भाग्यशाली ग्राहकले केएनपिको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् ।

Share News