काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको छ ।
सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।