संविधान कार्यान्वयनतर्फ, आइतबारदेखि ७४४ वटा स्थानिय तहसहितको देश नयाँ संरचना

<p>काठमाडौं । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानिय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ ।

सोही दिनदेखि हाल कायम सबै स्थानिय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् ।

संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको खबर आजको नागरिकमा छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् । नागरिक दैनिकबाट ।

Share News