तोलामा १६ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूलेय १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News