सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो

<p>काठमाडौं । स्थानीय बजारमा साेमबार सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा साेमबार सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।

Share News