बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औं शाखाको उद्घाटन

<p>काठमाडौं । आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औं शाखा काठमाडौंको वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेडद्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । कम्पनीका अनुसार वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू ल्याएको छ [&hellip;]</p>

काठमाडौं । आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औं शाखा काठमाडौंको वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेडद्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो ।

कम्पनीका अनुसार वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू ल्याएको छ ।उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा अमेरिकी राजदूत डीन आर.थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

‘बास्किन रोबिन्स ग्राहकहरूलाई गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ । यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराइएका फ्लेबरहरू र गुणस्तरीय आइसक्रिमहरूको स्वाद दिँदै अघि बढिरहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Share News