दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा बचत गर्ने अवसर

<p>काठमाडौं । दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेन घोषणा गरेको छ । ग्राहकले क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरको भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ । फागुन १९ देखि २३ गतेसम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । क्याम्पेन अवधिभर दराजका ग्राहकले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक [&hellip;]</p>

काठमाडौं । दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेन घोषणा गरेको छ । ग्राहकले क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरको भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

फागुन १९ देखि २३ गतेसम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । क्याम्पेन अवधिभर दराजका ग्राहकले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक छुट पाउनेछन् ।

दराजका अनुसार सिटाफिल, अइविबी, डा. केयरलगायत विभिन्न ब्रान्डमा ६० प्रतिशतसम्मको छुट पाउनेछन् । यो क्याम्पेनमार्फत अर्डर गर्ने ग्राहकलाई निःशुल्क डेलिभरीको सुविधासमेत रहेको दराजले जनाएको छ ।

Share News