काठमाडौं । सुनको मूल्यले एक सातामै नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भई १ लाख ७६ हजार २ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै सर्वाधिक उच्च मूल्य हो ।
यसअघि, चैत ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँको उच्च रेकर्ड बनेको थियो । अघिल्लो दिन सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले वृद्धि भई २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, डलरको भाउ, र आर्थिक अस्थिरताका कारण नेपाली बजारमा समेत सुन-चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।