ज्ञानेन्द्रले बुझ्न मानेनन् बालेनको जरिवाना पत्र, गेटबाटै फर्कियो महानगरको गाडी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा भएको क्षति र प्रदूषणको क्षतिपूर्ति भन्दै महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सो पत्र बुझाउन आइतबार बिहान महानगरको टोली महाराजगञ्जस्थित निर्मल निवास पुगेको थियो ।

तर, पूर्वराजाको सचिवालयले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको गाडी गेटबाटै फर्कनु परेको हो । सचिवालयले उक्त कार्यक्रमको आयोजक निर्मल निवास नभएकाले जरिवानाको पत्र स्वीकार गर्न नमानेको जनाएको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निर्मल निवासले पत्र नबुझेपछि अब कानुनी प्रक्रिया अघि बढाइने बताए ।

Share News