काठमाडौं । नेपाली बजारमा सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि जारी रहँदा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । आइतबारको तुलनामा ११ सय रुपैयाँले वृद्धि भएको हो ।
यसअघि, आइतबार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत सुन प्रतिऔंस ३ हजार १ सय अमेरिकी डलर नाघेसँगै नेपाली बजारमा पनि मूल्य निरन्तर बढिरहेको छ ।
त्यस्तै, चाँदीको भाउ पनि १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँ प्रति तोला पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
विशेषज्ञहरूका अनुसार, आगामी दिनमा पनि सुनको भाउ उच्च रहन सक्ने अनुमान गरिएको छ ।