काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । निर्धारण गरिएको मूल्य अनुसार गोलभेंडा, आलु, प्याज, बन्दा, काउली, मूला, विभिन्न प्रकारका सागसब्जी तथा फलफूलको मूल्यमा उतारचढाव देखिएको छ ।
गोलभेंडा नेपाली प्रतिकिलो रु ४०, भारतीय गोलभेंडा रु ५० तोकिएको छ भने आलु रातो रु ३५ देखि ४०, प्याज भारतीय रु ५०, काउली रु ५०, बन्दा रु १२ देखि १५ रहेको छ । यस्तै, मटरकोसा, घिउ सिमी, भिन्डी, टाटे सिमी, तिते करेला लगायतका तरकारी रु ७० देखि १०० सम्म पुगेका छन् ।
फलफूलतर्फ स्याउ रु २५० देखि ३५०, केरा दर्जनको रु १६०, अनार रु ३५०, अङ्गुर रु २०० देखि २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो रु ७०, जुनार रु २०० तोकिएको छ ।
यसैगरी, अदुवा रु १२०, खुर्सानी हरियो रु ९० देखि १००, अकबरे खुर्सानी रु २५०, लसुन नेपाली रु ३०० तथा चाइनिज लसुन रु ३२० कायम गरिएको छ ।
थोक बजार मूल्यमा उतारचढाव भए पनि उपभोक्ताले खुद्रा बजारमा केही भिन्न मूल्य तिर्नुपर्ने हुनसक्छ ।