प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कार्यकक्षमा ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई रोक्न महानगर प्रहरी समेत परिचालन गरिएको छ । गुरागाईँ बिहीवार महानगरपालिकाको कार्यालयमा काममा फर्कने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

गुरागाईं २०८१ पुस १४ गतेदेखि मेयर बालेन शाहको निलम्बनमा छन् । १२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको आरोपमा सोही दिनदेखि गुरागाईं कार्यालयमा उपस्थित हुन पाएका छैनन् । 

Share News