काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोडेका छन् । महानगर प्रहरीले उनलाई रोकेपछि महानगरका कर्मचारीले तालासहित ढोका पनि फोडेका हुन् ।
महानगर प्रहरीले गुरागाईंलाई गेटमै रोके पनि कर्मचारीले भित्रसम्म पुर्याएका छन् । गुरागाईंको स्वागतमा उपमेयर सुनिता डंगोल पनि देखिएकी छन् । बालेनले प्रहरीको साथ लिएर उनलाई रोक्ने प्रयास गरेपनि कर्मचारी मिलेर उनलाई भित्र पुर्याएका हुन् ।